ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’

५ साउन २०८२ ७:०४

‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ गीतबाट परिचय बनाएका गायक अनिस सापकोटा ‘ओकिली’ ले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा उनले आफैँ शब्द, सङ्गीत र स्वर दिएका छन् ।

“प्रेम गीत तयार गर्ने इच्छा यसपटक पूरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसार वर्णन गरेको छ । यो गीत सबै लिक्ष्य गरेर तयार गरेका छु,” उनले भने । प्रवासमा रहेर पनि उनले गीतसङ्गीतलाई निरन्तरता दिदै आएका छन् ।

“प्रवासमा पनि गीत गाइरहेँ । अहिले विश्वका जुनसुकै कुनामा रहेर पनि आफ्नो काम गर्न सकिन्छ । मैले हरेक वर्ष गीतसङ्गीतमा काम गरिरहेको छु, नयाँ पुस्तासँग काम गर्दा सिक्न उनले भने।

सन् १९९० को दशकमा नेपालमा ‘ओकिली’ नामक साङ्गीतिक समूह (ब्याण्ड) को संस्थापक सदस्यका रूपमा सङ्गीत यात्रा सुरु गर्नुरेका गायक ओकिलीको ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ लोकप्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *