बलिउड फिल्म ‘सैयारा’को आक्रामक बुकिङले यतिबेला बलिउड पण्डितहरूको दिमागमा झड्का लागेको छ।
भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको टिकट बूकिङ १ लाख कटेको छ । रिलिजको पूर्व सन्ध्यासम्म बूकिङ डेढ लाख माथि पुग्ने अनुमान गरिएको छ ।
फिल्मले शुक्रबार २० करोडसम्मको ओपनिङ गर्ने अनुमान लगाउन थालिएको छ । सुरुवातमा फिल्मको ओपनिङ ३–४ करोडको हुने अनुमान थियो । तर, दर्शकहरुको फिल्मप्रतिको मोह अहिले ह्वात्तै बढेको हो। जसले गर्दा, यो फिल्म आक्रामक हुने देखिएको छ।