धिरजले इलामबाट सुरु गरे ‘मैझारो’को छायांकन

२ साउन २०८२ ८:२३

कलाकार विल्सन विक्रम राइको डेब्यू निर्देशन रहने चलचित्र ‘मैझारो’को छायांकन सुरु गरिएको छ । बिहिबारदेखि यो चलचित्रको छायांकन इलाममा सुरु गरिएको हो ।

यो चलचित्रका मुख्य नायक धिरज मगर, निर्देशक विल्सन विक्रम राइले क्यामेरा पूजा गर्दै शुभसाइत गरेका हुन्। इलाम र पाँचथरका विभिन्न जिल्लामा छायांकन गरिने यो चलचित्रले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई प्रस्तुत गर्नेछ।

यो चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, वुद्दि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीको अभिनय रहनेछ ।

तक्मे प्रोडक्सनको व्यानरमा निर्माण गर्न लागिएको यो चलचित्रमा निर्देशक राइकै कथा, पटकथा तथा निर्देशन, सौरभ लामाको छायांकन, अनमोल गुरुङ र तोरेम्पा हाङ राइको संगीत रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *