चैत्रको १३ मा ‘चमेलीको पोई’ आउने

१ साउन २०८२ ६:०९

धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा तयार भएको एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र ‘चमेलीको पोई’को प्रदर्शन मिति तय गरिएको छ । बुधबार चलचित्रको तीन वटा पोस्टर सार्वजनिक गर्दै चैत्रको १३ गते रामनवमीलाई प्रदर्शन मिति पनि घोषणा गरिएको हो ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । यो चलचित्रबाट हाँस्य कलाकार नारायण त्रिपाठीले कमब्याक गर्दैछन् ।

चलचित्रको फस्टलुकमा नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्तलाई मुख्य स्थान दिइएको छ। चमेलीको भूमिकामा सुरक्षा देखिएकी छिन् भने मुकुन उनको श्रीमान्को भूमिकामा देखिएकी छिन् ।

सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी रहेको यो चलचित्रमा उदय बिक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको छ ।
शिवम् अधिकारीको पटकथा तथा संवाद, शेर बहादुर तामाङको छायांकन, बन्दे शाह र सुजन वडालको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन रहेको यो चलचित्रको पोस्टर हेर्दा कमेडी जनरामा यो चलचित्र बनेको वुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *