अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र ‘जहाजैमा’ साइन गरेकी छिन् । आइतबार यो चलचित्रकी निर्देशक कृषा चौलागाइ र अभिनेत्री शिवाकोटीबिच लिखित संझौता भएको हो ।
जापान, नेपाल र फिलिपिन्समा सुटीङ्ग हुने यो चलचित्रको साउनको अन्तिम साताबाट जापानमा छायांकन हुनेछ । यो चलचित्रमा काम गर्न पाउँदा वर्षा निकै उत्साहित छिन् ।
यूएनए प्रोडक्सनका लागि उज्ज्वल गुराँगाइले निर्माण गर्ने यो चलचित्रमा यसअघि केदार प्रसाद घिमिरे, सौगात मल्ल, कर्मा, जापानीज अभिनेत्री रुचेल इचिमिया अनुबन्धित भइसकेका छन्।