‘भाइटीका’मा विपिनको बहिनी बन्दै रेखा

२६ असार २०८२ ५:२२

निर्देशक दीपक वलीको निर्देशन रहने चलचित्र ‘भाइटीका’मा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छिन्। निर्माता रोहित अधिकारीले निर्माण गर्ने यो चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री थापा अनुबन्धित भएकी छन् ।

बुझिएअनुस, निर्माता अधिकारि र रेखाबीच बुधबार कागजी सम्झौता गरिएको छ। यसअघि यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका थिए।

यो चलचित्रमा रेखा र विपिन दाजुबहिनीको भूमिकामा प्रस्तुत हुदैछन्। चलचित्रमा रेखाले विपिनकी बहिनीको भूमिकामा देखिने भएपछि यो चरित्रमा रुपान्तरणका लागि उनले आफूलाई सोहीअनुसार तयार गर्नुपर्ने हुन्छ ।

महेश दवाडीको पटकथा रेको यो चलचित्र दाजुबहिनीको मर्मस्पर्शी कथावस्तुमा निर्माण हुनेछ। २० वर्षदेखि दाजु र बहिनीले तिहारमा भाइटीका लगाउन नपाउँदाको मर्मस्पर्शी कथा चलचित्रले बोल्नेछ।

२०८२ सालमा छायांकन हुने यो चलचित्रलाई २०८३ सालको तिहारको छेको पारेर प्रदर्शन गरिने जनाइएको छ।

अभिनेत्री थापा पछिल्लोपटक ‘उपहार’मा मुख्य भूमिकामा देखिएकी थिइन् भने यसैमहिनाको उनको शीर्ष अभिनय रहेको नाटक ‘मीरा’ मञ्चन भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *