सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने चलचित्र ‘जदौ’मा कलाकारको लाइनअप बलियो हुँदै गएको छ । यो चलचित्रको लाइनअप बलियो हुदै गर्दा निर्माणटिमले अभिनेत्री ऋचा शर्मालाई अनुबन्धित गरेको हो।
यो चलचित्रको एक प्रमुख भूमिकाको लागि निर्माणपक्षले उनलाई अनुबन्धित गरेको हो। यो चलचित्रमा मुकुन भुसालपछि केही दिन अघि नीति शाह अनुबन्धीत भसकेका छन । केही प्रमुख कलाकार अझै बाँकि रहेको बताइएको छ ।
भदौ पहिलो साताबाट छायांकन सुरु गरिने यो चलचित्रमा काजी लिम्बूको लेखन रहेको छ। यो चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् ।
बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको यो चलचित्रमामा ऋचा अहिलेसम्मकै फरक चरित्रमा देखिने बताइन्छ ।