‘बाटुलो जुन’मा स्नेहाको प्रवेश

२५ असार २०८२ ९:०९

भुवन केसीको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाटुलो जुन’मा नायिका स्नेहा भट्टराई फाइनल भएकी छिन् । यो चलचित्रको पहिलो चरणको छायांकनमा समेत स्नेहाले काम गरिसकेकी छिन् ।

यसअघि, यो चलचित्रमा नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको नाम मात्र अगाडि आएको थियो । यो चलचित्रमा उनी नायक अनमोल केसीको जोडीको रुपमा देखिने छिन् या छैनन्, केही पनि खुलेको छैन ।

तर, अनमोलसँग एउटी चलचित्रमा काम गर्न पाउँदा स्नेहा उत्साहित छिन् । स्नेहाले ‘मोदीबेनी’बाट करिअर सुरु गरेकी हुन् ।

जीया केसीको निर्माणमा तयार हुने यो चलचित्रको दोस्रो चरणको छायांकन भदौमा गरिनेछ । यो चलचित्रलाई फागुन महिनामा रिलिज गर्ने योजना निर्माताको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *