मिरुनाले साइन गरिन् ‘मैझारो’

२५ असार २०८२ ८:५७

कलाकार विल्सन विक्रम राइको डेब्यू निर्देशनमा तयार हुन लागेको चलचित्र ‘मैझारो’मा नायिका मिरुना मगर अनुबन्धित भएकी छिन् । साउन महिनादेखि छायांकन सुरु हुने यो चलचित्रमा यसअघि नायक धिरज मगर अनुबन्धित भएका थिए।

यो चलचित्रमा विल्सनकै कथा रहने छ भने सौरभ लामाले खिच्नेछन् । इलाम र पाँचथरमा खिचिने यो चलचित्रले पूर्वी पहाडको जीवनशैली, संस्कृती र सामाजिक यथार्थतालाई देखाउनेछ ।

यो चलचित्रमा अन्य कलाकारहरु फाइनल भइसकेका छैनन् । धिरज र मिरुनाले यसअघि ‘कुस्ती’मा एकसाथ काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *