कृषा चौलागाइको निर्देशनमा बन्ने चलचित्र ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।
निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेलाई प्रदर्शन गर्ने घोषणा गरेको हो । यो चलचित्रलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।
अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहने यो चलचित्रमा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि फिल्ममा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ । भदौबाट यो चलचित्रको छायांकन जापानमा सुरु हुनेछ ।
उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको चलचित्रलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो । चलचित्रलाई नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ ।