सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टने अन्तरजातिय प्रेमकथामा निर्माण गरे चलचित्र ‘जदौ’ को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित् भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार सम्झौता भएको हो ।
यो चलचित्रको प्रमुख एक अभिनेतामा यसअघिनै मुकुन भुसाल अनुबन्धित् भइसकेका छन् । काजी लिम्बूको लेखन रहेको यो चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् ।
बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको यो चलचित्रको छायांकन भदौ पहिलो साताबाट हुनेछ । चलचित्रमा बाबुल गिरीको संगीत रहेको चलचित्रलाई दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ । प्युठान निर्माण ब्यबस्थापक लछुमन भण्डारी छन् ।
सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन् ।