रोहितको ‘भाइटीका’मा विपिन अनुबन्धित

२२ असार २०८२ ७:०६

निर्माता रोहित अधिकारीको निर्माण रहने चलचित्र ‘भाइटिका’मा नायक विपिन कार्की अनुबन्धित भएका छन् । आधिकारिक रुपमा निर्माणपक्षले केहि नबताएको भएपनि यो चलचित्रको लागि विपिन र निर्माणपक्षबिच कागजी संझौता भइसकेको छ।

दीपक वलीको कथा तथा निर्देशन रहने चलचित्रमा विपिनले सेयरमा काम गर्ने भएका छन् । बुझिएअनुसार, विपिनलाई यो चलचित्रको कथावस्तु मनपरेपछि उनले सेयरमा काम गर्ने सहमति जनाएका हुन्।

चलचित्र ‘ऊनको स्विटर’ सुपरहिट भएपछि उनको माग बढेको हो । तर, बजारमा विपिनको माग बढेको भएपनि उनले नाम चलेका केही निर्देशकको चलचित्रलाई भने अहिले अस्विकार गरिरहेका छन् । किनकि, विपिनले यो वर्ष ‘भाइटीका र काजी’को मात्र छायांकन गर्नेछन् ।

महेश दवाडीको लेखन, शम्भुजित बास्कोटाको संगीत रहने यो चलचित्रको बारेमा अरु केही पनि बताइएको छैन । चलचित्रलाई आउँदो वर्षको तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *