निराजनको निर्देशनमा ‘माया बस्यो’ सार्वजनिक

१९ असार २०८२ ११:१०

मोडल कथा कलाकार निराजन प्रधानले फोटो कथाको प्रस्तुतिमा ‘माया बस्यो’ बोलको भिडियो निर्देशन गरेका छन् । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ ।

पार्स्व संगीतको झल्को दिने गीतमा प्रेमिल जोडीको प्रेम छ । अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट सुरु हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ । एकले अर्काको तारिफ गर्ने गीतले एकअर्काको आनीबानीको खुलेर प्रशंसा गरेको छ ।

योगेश काजी शाहको संगीत तथा एरेन्ज रहेको गीत मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन् । अर्जुन तिवारीको डिओपी रहेको भिडियोमा ड्रोन सट सुरेश काफ्लेको छ । सम्पादन तथा रंग संयोजन प्रवीन श्रेष्ठले गरेको भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माको छ ।

सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसको सहकार्य रहेको भिडियोकी निर्मात्री सनुस्का दाहाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *