बल्छी धुर्बेले घोषणा गरे ‘गोबर गणेश’

१७ असार २०८२ ४:२८

कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्ने चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । आगामी माघ १ गते प्रदर्शन मिति तय गर्दै यो चलचित्रको सोमबार अफिसियल घोषणा गरिएको हो।

बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने यो चलचित्रका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन । टेलिचलचित्रबाट सेतो पर्दामा उक्लिन लागेका मरिचमानले ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेपछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए ।

मरिचमान आफैँ भने आफूले निर्देशन गर्ने चलचित्रमा अभिनय गर्नेछन् वा छैनन् केही खुलाएका छैनन् । यो चलचित्रको मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेकाछन् भने सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) पनि छन् ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *