यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुराँगाइले निर्माण गर्ने चलचित्र ‘जहाजैमा’मा नायक सौगात मल्ल अनुबन्धित भएका छन् । शनिबार नायक सौगात र निर्माणपक्ष बिच कागजी संझौता भएको हो ।
आगामी भदौबाट जापानमा छायांकन सुरु हुन लागेको यो चलचित्रमा सौगातको भूमिका के हो भन्नेबारे केहि पनि खुलाइएको छैन । तर, चलचित्रमा आफ्नो भूमिका प्रति सौगात सकारात्मक र उत्साहित देखिएका छन्।
कृषा चौलागाईंको निर्देशनमा तयार हुने यो चलचित्रमा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन् । जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि यो चलचित्रमा काम गर्ने छिन् भने अन्य कलाकारहरु पनि रहने जनाइएको छ।
नेपाल, जापान र फिलिपिन्समा खिचिने यो चलचित्रमा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ । हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको यो चलचित्रमा कृषा र सौगातले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् ।