अनमोल र प्रिन्सीको ‘बाटुलो जुन’को छायांकन प्रारम्भ

१५ असार २०८२ ४:५७

जीया केसीको निर्माण रहेको चलचित्र ‘बाटुलो जुन’को छायांकन सुरु भएको छ । शनिबार यो चलचित्रको निर्माणटीमले धादिङको काउलेबाट छायांकन सुरु गरेका हुन् ।

नायक अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिका रहने यो चलचित्रको पहिलो चरणको छायांकन केही दिन मात्र हुनेछ । बाँकी छायांकन भने भदौमा गर्ने तयारी निर्माणपक्षको छ ।

भुवन केसीले निर्देशन गर्ने यो चलचित्रको छायांकन सुरु भएसँगै यसको निर्माणपक्षले अनमोल र प्रिन्सीको लुक्स पनि सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ ।

२५ लाख लगानीमा निर्माण हुने यो चलचित्रमा अरु को–को कलाकार रहने हुन् भन्ने केही पनि खुलेको छैन । अनमोलको यो लुक्सले दर्शकमाझ उत्सुकता पैदा गर्ने निश्चित छ ।

अनमोल अभिनित चलचित्र ‘जेरीः अन टप’ असोजको ३१ गतेबाट रिलिजमा आउँदैछ । उनले चलचित्र ‘ए मेरो हजुर ५’ पनि साइन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *