२५ दिनमा ‘द ब्ल्यू लाइट’को ‘प्याकअप’

१३ असार २०८२ ७:०८

निर्देशक बलिराम चौहानले साइकोलोजिकल थ्रिलर जनरामा रहेर निर्देशन गरेको चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डकल्याप भएको छ । जेठ २२ गतेबाट छायाकंन सुरु गरिएर उपत्यका भित्रका विभिन्न स्थानमा खिचिएको चलचित्रको छायाकंन २५ लगाएर सम्पन्न भएको हो ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यो चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् । चौहानको यो डेब्यु चलचित्र हो।

‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे, कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल हुन्। चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *