कस्तो लाग्यो ‘पीआर’ को टिजर ?

१२ असार २०८२ १५:५३

निर्देशन शोभित बस्नेतले लेखन तथा निर्देशन गरेको चलचित्र ‘पीआर’को टिजर सार्वजनिक भएको छ।बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको टिजर सार्वजनिक गरिएको हो।

सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको यो चलचित्रको टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुख नेपालमा परिवारको पिढा प्रस्तुत छ । चलचित्रमा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा ,म्याक्स र नवीन घायलको अभिनय छ। विशेष भुमिकामा नीर शाह,गौरी मल्ल,रबिन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन्।

रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी प्रस्तुतकर्ता हुन्। चलचित्रका निर्माताका रुपमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन्।

मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशकका रुपमा रामजी राउत,गणेश बुढाथोकी, मणि तामाङ रहेका छन्।

यो चलचित्रको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा ६० र ४० प्रतिशत गरिएको निर्देशक बस्नेतको भनाई छ। निर्माण पक्षका अनुसार यो चलचित्र यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्ड को सबै शहरमा र रिलिज गरिदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *