सरोज न्यौपाने र सुयोग गुरुङको लगानीमा चलचित्र ‘घोस्टेल’ निर्माणको घोषणा गरिएको छ । विहिबार निर्माणपक्षले यो चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन्।
अनन्या फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई हरर र कमेडी जनरामा निर्माण गरिने जनाइएको छ। यसको थिम पोस्टरमा ‘जब त्रासले हाँसो भेट्छ’ भन्ने कुरा लेखिएको छ । यो चलचित्रमा नाम चलेका कलाकारहरू नै रहने बताइएपनि कसैको पनि नाम सार्वजनिक गरिएको छैन ।
सन् २०२६ मा प्रदर्शन गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यो चलचित्रको कथा सुयोग गुरुङको हो । ‘जेरी अन टप’का निर्माता र निर्देशकले यो प्रोजेक्ट सकेपछि ‘घोस्टेल’को काम सुरु गर्ने बताइएको छ।
यो चलचित्रलाई निर्देशक सुरज सुनुवारले निर्देशन गर्दैछन्।