‘लालीबजार’मा स्वस्तिमाको गर्भवती लुक्स

१० असार २०८२ ६:३१

व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । मंगलबार अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै यसको प्रदर्शन मिति समेत तय गरिएको छ। यो चलचित्र आगामी फागुन १ गते प्रदर्शन हुने पोस्टरमा उल्लेख छ।

पोस्टरमा स्वस्तिमा गर्भवती महिला देखिएकी छिन् । गर्भवती महिला देखिएता पनि उनको शृङ्गार र हाउभाउले फरक चित्रण गरेको छ । अर्थात् उनको शारीरिक अवस्था र उनको चाहना पोस्टरमा भिन्न देखाइएको छ । अभिनेत्री खड्काले यसको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत हुन् तयार भएको बताइन ।

यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।

निर्देशनमा केही समय विश्राम लिएका निर्देशक थापाले ‘लालीबजार’ ले आफ्नो करिअरलाई नयाँ उचाई दिनेमा विश्वस्त छन् । निर्देशक थापाले यसपटकको कार्यशैलीले आफ्नो कामलाई झनै परिपक्क बनाएको बताए ।

उनले भने,‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आट्र्समा आइपुगेको हु, यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरें । उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौँ, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ । यो मेरा लागि अवसर र चुनौती दुवै हो ।’

यो चलचित्रलाई आगामी दसैँ लगत्तै खिचिनेछ। ‘लालीबजार’ षट्कोण आट्र्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ चलचित्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *