‘डोरी’ निर्देशको ‘तथास्तु’ घोषणा

१० असार २०८२ ६:१८

चलचित्र ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो चलचित्र ‘तथास्तु’निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा चलचित्रको छायांकन अर्को वर्ष अर्थात २०८३ को सुरुवातमा हुनेछ प्रदर्शन भने सन् २०२७ मा हुने उल्लेख छ ।.जी. सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो चलचित्रका निर्देशक लामाले ‘तथास्तु’ केवल चलचित्र नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए। चलचित्रले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ।

यो चलचित्रमा नयाँ पुस्ताका चर्चित कलाकारहरू,नेपाल र भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिइने जनाइएको छ। नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो चलचित्रको छायांकन नेपाल र भारतमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *