अनमोलले साइन गरे ‘ए मेरो हजुर ५’

१० असार २०८२ ५:४५

सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ए मेरो हजुर ५’मा नायक अनमोल केसीले साइन गरेका छन् । मंगलबार निर्माणपक्ष र नायक अनमोल केसीबिच कागजी संझौता भएको हो।

झरना थापाले निर्देशन गर्ने यो चलचित्रको छायांकन आगामी तिहारपछि सुरु गर्ने निर्माणपक्षले जनाएको छ । यो चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम धमाधम चलिरहेको छ ।

लामो समयदेखि यसको निर्माणपक्ष नायकको खोजी गरेको थियो। त्यस्तै, यो चलचित्रको लागि विभिन्न नायकहरूको नाम मिडियामा नआएको पनि होइन । तर, अन्तमा नायक अनमोल केसीले नै चलचित्रमा काम गर्ने पक्का भएको हो।

नायक अनमोल केही दिनमै होम प्रोडक्सनको चलचित्र ‘बाटुलो जुन’को छायांकन सुरु गर्दैछन् । यसको छायांकन करिब १० दिनसम्म चित्लाङमा हुनेछ । यसपछि, फेरि अनमोलले ‘जेरीः अन टप’को काम सक्नेछन् । त्यसपछि अनमोलले यो चलचित्रको बाँकी रहेको काम सकेपछि ‘बाटुलो जुन’को बाँकी काम सक्नेछन् ।

त्यसपछि अनामोलले निर्माता सुनिलकुमार थापाले निर्माण गर्ने यो चलचित्रको यी दुवै चलचित्र सकेपछि ‘ए मेरो हजुर ५’को छायांकन अगाडि बढाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *