अभिनयसँगै निर्देशनको अनुभव पाए : मनिष राउत

९ असार २०८२ ५:५८

भदौ ६ गतेबाट चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदैछ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् । मनिष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनिष ‘प्रेमगीत ३’मा प्रदीप खड्कापछि मुख्य भूमिकामा थिए । यो चलचित्रमा मनिष एसोसिएट डिरेक्टरको भूमिकामा छन् ।

उनले यो चलचित्रमा अभिनय गरेका छैनन् । मनिष चलचित्र पढेर चलचित्र क्षेत्रमा होमिएका उनले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा अभिनय गर्न छोडेर निर्देशनको पाटोलाई रोजे ?

“निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप हसज हुन्छ कि भन्ने मेरो सोच हो,” मनिष भन्छन्, “म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।”

मन मिल्ने टिम र राम्रो कथा भएकाले मेहनत गरेर काम गरौँ भन्ने उद्देश्यले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा फरक डिपार्टमेन्टमा काम गरेको उनले प्रष्ट पारे । हरेक अभिनेताको चाह निर्देशन पनि हुने गरेको दृष्टान्त दिँदै उनी अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको बताए । आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्नसक्ने उनले जानकारी दिए ।

यो चलचित्रमा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने, कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *