दुर्गेशको ‘दुश्मन हेरेको हेर्‍यै’लाई प्रधानमन्त्रीको बधाई

९ असार २०८२ ४:३८

गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ १० करोड पटक हेरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा दुर्गेश थापाको फोटो पोष्ट गर्दै बधाई दिएका हुन् ।

प्रधानमन्त्रीले आफ्नो फेसबुकमा लेखेका छन्,‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ’दुश्मन हेरेकोहेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *