केकीपछि ‘झिंगे दाउ २’मा आँचलको इन्ट्री

६ असार २०८२ ६:३३

निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाको निर्देशन रहने चलचित्र ‘झिंगे दाउ २’ मा नायिका आँचल शर्मा अनुबन्धित भएकी छिन् । आँचल र निर्माणपक्षबिच शुक्रबार लिखित संझौता भएको हो ।

यो चलचित्रको प्रमुख भूमिकामा निर्माणपक्षले यसअघि नायिका केकी अधिकारीलाई अनुबन्धित गरेको थियो । त्यस्तै, यो चलचित्रमा नायक मुकुन भुसाल पनि जोडिएको निर्देशक देउजाले बताए।

‘झिंगे दाउ २’मा अघिल्लो श्रृङ्खलाका अधिकांश कलाकार दोहोरिनुका साथै अन्य केही नयाँ कलाकार अनुबन्धित गर्ने तयारी निर्माणपक्षको छ । निर्माणपक्षका अनुसार, ‘झिंगे दाउ’को सिक्वेल कथा भएका कारण पनि चलचित्रमा पुरानै कलाकार दोहोरने भएको हो।

निर्माणपक्षले अहिले चलचित्रको लागि लोकेशन हेर्ने काम गरिरहेको छ। यसपटक चलचित्रको कथा कुन शैलीमा अगाडि बढ्छ भन्ने चासो सबैलाई छ । अघिल्लो सिरिज हिट भएका कारण पनि निर्देशक तथा निर्माता देउजालाई दर्शकको स्वाद अनुसारको कथा बुन्नु पर्ने दबाब छ ।

‘झिंगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, संगम भण्डारी, हिउँवाला गौतम, अंशु महर्जन लगायतका कलाकारहरूले अभिनय गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *