ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मोहर’को पहिलो गीत सार्वजनिक गरिएको छ। आगामी साउनको २३ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बोलको गीतलाई बिहिबार सार्वजनिक गरिएको हो।
शरद हुमागाँई र विशाखा शाहीको स्वरमा समावेश यस गीतमा प्रमोद ढुंगानाको शब्द र सुरेश अधिकारीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा पल शाह र नीति शाह फिचर्ड छन्। गीतको भिडियोमा पल र नीतिको प्रेम भाव छल्किएको छ ।
फिल्म मेकर्स प्रा.लिको व्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेको यो चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । यो गीतलाई भने रामजीले कोरियोग्राफी गरेका हुन् ।
रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्ने चलचित्रका लाइन प्रोड्यूसर रोशन जंग शाही हुन् ।