‘जहाजैमा’ नायिकाको नाम के हो ?

५ असार २०८२ ५:३९

यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुराँगाइले निर्माण गर्ने चलचित्र ‘जहाजैमा’को मुख्य नायिकाको नाम सार्वजनिक गरिएको छ। निर्माणपक्षले बिहिबार जापानीज नायिका रजेल इचिमियाको पोस्टर सहितको नाम सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालीनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोस्टर हेर्दा यो चलचित्रले नेपाल र जापानविचको भावनात्मक कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ।

रजेल जापानमा सक्रिय रुपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको विषयमा केही पनि उल्लेख गरेकी थिइनन् । तर, अब भने यो चलचित्रमा राजेलले काम गर्ने पक्का भएको हो।

यो चलचित्रलाई निर्देशक कृषा चौलागाइले निर्देशन गर्नेछिन्। कृषाले जापान पुगेर यो चलचित्रको निर्देशन गर्ने लिखित संझौता गरेकी थिइन् । कृषा अहिले यो चलचित्रको प्रि–प्रोडक्सनको काममा धमाधम लागिरहेकी छिन् ।

यो चलचित्रले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्नेछ। चलचित्रलाई सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *