भुवन केसीको निर्देशनमा बन्न लागेको चलचित्र ‘बाटुलो जुन’मा मोडल प्रिन्सी खतिवडा अनुबन्धित भएकी छिन् । प्रिन्सीको यो ‘डेब्यु’ चलचित्र हो। निर्माणपक्षले केही दिन अगाडि प्रिन्सीसँग कागजी संझौता गरेको हो ।
प्रिन्सीले आफ्नो डेब्यु चलचित्रमै नायक अनमोल केसीसँग रोमान्स गर्ने भएपछि निकै उत्साहित छिन्। त्यस्तै, यो चलचित्रमा अर्की एक नायिका पनि रहने बताइएको छ । तर, अर्की एक नायिकाको छनोट हुन अझै बाँकी छ । टिकटकमा निकै नै लोकप्रिय रहेकी प्रिन्सी अहिले धमाधम वर्कसपमा व्यस्त छिन् ।
प्रिन्सी अडिसनबाट छनोट भएकी हुन्। सहभागी भएका एक दर्जन बढी युवतीबाट प्रिन्सीलाई यसको निर्माणपक्षले छनोट गरेको हो । यो चलचित्रमा प्रिन्सीको भूमिका के हुने हो भन्ने खुलाइएको छैन ।
यो चलचित्रकी निर्मात्री जीया केसी हुन् । यो चलचित्रको छायांकन केहि दिनमा हुनेछ भने बाँकी छायांकन भदौमा हुनेछ । पहिलो चरणमा चित्लाङमा छायांकन हुनेछ । त्यसपछि ब्रेक लिएर भदौमा दोस्रो चरणको छायांकन गर्ने तयारी निर्देशक भुवन केसीको छ ।