‘गोबर गणेश’ निर्माण गर्दै ‘बल्छी धुर्वे’

३ असार २०८२ ९:५५

‘बल्छी धुर्बे’को नामले चिनिएका मरिचमान श्रेष्ठ अब चलचित्र निर्देशनमा अगाडि बढ्ने भएका छन्। मरिचमानले आफ्नै निर्माण तथा निर्देशनमा चलचित्र ‘गोबर गणेश’ निर्माण गर्ने भएका हुन् ।

बल्छी धुर्बे फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने यो चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । कलाकारको नाममा सीतादेवी तिमिल्सिना र पूजन घिमिरेको नाम उल्लेख गरिएको छ। अन्य कलाकारहरुको बारेमा अहिले केहि खुलाइएको छैन्।

यो चलचित्रको छायांकन भदौ महिनादेखि गर्ने निर्माणपक्षको तयारी छ । हाँस्य क्षेत्रमा दर्शकको माया पाएका कलाकारहरू धमाधम चलचित्र निर्माणमा प्रवेश गरिरहेको समयमा मरिचमान पनि अब चलचित्र निर्माणमा होमिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *