नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयलाई हेर्ने हो भने एउटा चलचित्र निर्माण गर्नको लागि थोरैमा पनि करोड बजेट छुट्याइने गरेको छ। महँगो बजेटमा चलचित्रहरु निर्माण भैइरहेको यो समयमा २५ लाखमा चलचित्र बन्ला त ?
तर, अनमोल केसीको नया चलचित्र ‘बाटुलो जुन’को लगानी २५ लाख छुट्याइएको छ। यो चलचित्रलाई अनमोलका पिता भुवन केसीले निर्देशन गर्दैछन्। भुवनले यो चलचित्रको लागि जम्मा २५ लाख बजेट छुट्याएका छन्।
भुवनले चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दा २५ लाख मात्र लगानी उल्लेख छ । त्यसो त, प्राय: निर्माताहरू चलचित्रमा लाग्ने बजेट भन्दा कम रकम विकास बोर्डमा चलचित्र दर्ता गर्दा उल्लेख गर्ने गर्छन् ।
तर, यसपटक भुवन केसीले छुट्ट्याएकै बजेटमा यो चलचित्र बन्न सक्छ। किनकि यो चलचित्रले गाउँले परिवेशको प्रेम कथा उठान गरेका छन्। जसमा, नायक अनमोल केसी मुख्य भूमिकामा रहनेछन् । तर, चलचित्रका लागि अनमोल केसीले पनि पारिश्रमिक लिने छैनन् । अनमोल र भुवन दुवैले पारिश्रमिक नलिएपछि बजेट महँगो नहुने निश्चित छ ।
जिया केसीले निर्माण गर्ने यो चलचित्रको १० दिनपछि चित्लाङमा छायांकन हुँदैछ । चलचित्रको एक साता छायांकन गरिएपछि, अरु छायांकन भदौमा गरिने निर्माणपक्षले जनाएको छ।