‘किन लाग्छ माया’ बन्ने, धिरेनदेखि मिस पबीसम्म अनुबन्धित

१ असार २०८२ ७:०८

मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशन रहने चलचित्र ‘किन लाग्छ माया’को घोषणा गरिएको छ। चलचित्रमा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरूको अभिनय रहने पक्का भएको छ ।

दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका मेघ सुवेदीको प्रमुख भूमिका रहनेछ। एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको छायांकन असारको पहिलो साताबाट सुरु हुने निर्माणपक्षले जनाएको छ। यो चलचित्रको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ ।

दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा यो चलचित्रले भन्नेछ । स्याडो रियरको कथा रहने चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्कीको एक्सन रहनेछ ।

अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको चलचित्रमा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *