दया र प्रकाशपछि ‘मिरमिरे’मा सिर्जना निङलेखु अनुबन्धित

१ असार २०८२ ६:४२

निर्देशक यम शेर्पाले निर्देशन गर्ने चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको छ । दयाहाङ राई र प्रकाश सपूतपछि चलचित्रमा सिर्जना निङलेखुको प्रवेश भएको हो ।

‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी सिर्जनाले यसअघि नै दयाहाङसँग सहकार्य गरेकी छिन्। उनले दोस्रो चलचित्रमा पनि दयाहाङसँगै काम गर्ने भएकी हुन् ।

उनले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन् । ‘मिरमिरे’मा सिर्जनाको जोडी को हुने हो भन्ने विषयमा निर्माणपक्षले केही खुलाएको छैन ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन् । चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । ‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *