फ्राइडे रिलिज : देशभर ‘महाभोज’

३१ जेठ २०८२ ४:३७

आज शुक्रबारदेखि देशभरका हलमा चलचित्र ‘महाभोज’ प्रदर्शनमा आएको छ। प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको यो चलचित्र करिब २०० शोसहित आजबाट देशभरका हलमा प्रदर्शनमा आएको हो।

दिनेश राउत निर्देशित चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको छ।

काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको यो चलचित्रको पोखरा, बुटवलमा पनि विशेष शो गरेर बिहीबार एकै दिन विराटनगर र धरानमा भव्य प्रिमियर शो सम्पन्न गरिएको थियो । प्रिमियरहरूमा सहभागी दर्शकहरूले चलचित्रप्रति निकै उत्साह देखाएका छन् । यसले गर्दा चलचित्रले दर्शकको मौखिक प्रचार मार्फत निकै राम्रो दर्शक पाउने निश्चित देखिएको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको यो चलचित्रले सहकारी पिडितको कथा भन्छ। यो चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *