साम्राज्ञीपछि ‘जदौ’मा मुकुन फाइनल

२७ जेठ २०८२ ७:१६

काजी लिम्बुको निर्माण परिकल्पना र लेखनमा तयार हुन लागेको चलचित्र ‘जदौ’मा कलाकार मुकुन भुषाल फाइनल भएका छन् । यसअघि यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भइसकेकी छिन् । यो चलचित्रमा मुकुन र साम्राज्ञीको जोडी देखिन लागेको हो या होइन, त्यो भने खुलेको छैन ।

अन्तरजातीय प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रका निर्देशक भने अझै फाइनल छैनन् । यो चलचित्रमा निर्देशक नै फाइनल नभएपनि कलाकार भने धमाधम फाइनल भइरहेका छन् ।

यो चलचित्रलाई सिल्भर स्क्रिन र समिश्रण म्युजिकको संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । चलचित्रमा रामराजा सुवेदी, ओम चेम्जोङ्ग, शान्ती तामाङ्गको सह–निर्माण रहनेछ । श्याम तामाङको छायांकन रहने चलचित्रमा बाबुल गिरीको संगीत रहनेछ । यो चलचित्र भदौबाट छायांकनमा जाने तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *