सुनील थापा र एवनको ‘एक्लो’ लुक्स

२७ जेठ २०८२ ७:०४

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको नेपाली फिचर चलचित्र ‘एक्लो’ को अभिनेता सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सुनील थापा र एवन राज उप्रेतीको लुक्स भिन्दै देखिएको छ। यस अघि प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेका छन्।

यो चलचित्रका निर्देशक प्रदीप शाही हुन्। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको चलचित्र बनाउने तयारीका साथ जुटेका छन्। हाल यो चलचित्रको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। केहि हप्ता अघि मात्र चलचित्र ‘एक्लो’ ले कान्समा स्टल राखेर चलचित्रको मार्केटिंग गरेको थियो। कान्स पछि ‘एक्लो’ को चर्चा बढेको छ। चलचित्रको प्रदर्शन मिति भने फाइनल गरिएको छैन।

यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवन राज उप्रेती,त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । निर्देशक प्रदीप शाहीका अनुसार क्यारेक्टर पोस्टरहरु सार्वजनिक गर्ने क्रम सकिएको छ, अब चलचित्रको प्रदर्शन मिति संगै टिजर सार्वजनिक गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *