गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम’ सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ।
मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन्।
गीत, कविता तथा समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा हाल सरकारी सेवामा कार्यरत छन् । गीतकार खतिवडाका यसअघि पनि दर्जनौं गीतहरू सार्वजनिक भइसकेका छन्।