‘बलिदान’मा सौगात मल्लको रिसाहा अवतार

२६ जेठ २०८२ ४:२३

आसुसेन फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बलिदान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माणपक्षले शनिबार यो चलचित्रको अर्को कौतुहलता मेटाउदै एक प्रतिक्षित पोस्टर सार्वजनिक गरेको हो।

समीर भट्टको मुख्य भूमिका रहेको यो चलचित्रका अर्का नायक सौगात मल्लको लुक्सको प्रतीक्षा पनि निकै थियो । तर, अब यसको निर्माणपक्षले नयाँ पोस्टर मार्फत सौगातको लुक्स सार्वजनिक गरेको छ। सार्वजनिक दुई पोस्टरमा सौगातको बलियो अवतार देख्न सकिन्छ । उनको गेटअपले चलचित्रप्रति दर्शकको कौतुहलता अझै बढाउने निश्चित छ ।

सार्वजनिक पोस्टरमा सौगात एक हतियारको साथमा एङ्ग्री अवतारमा देखिएका छन् । लामो कपाल, दाह्री सहित उनको रिसाहा अवतारलाई नियाल्ने हो भने यो चलचित्रले बदलाको कथा भन्न खोजेको देखिन्छ।

त्यस्तै, एउटा पोस्टरमा भने सौगातको एउटा आँखा कालो रंगको देख्न सकिन्छ । उनको लामो दाह्री, कपाल र गाढा रङको वस्त्र धारण गरेको देख्न सकिन्छ । उनको हातमा बलिरहेको राँको पनि छ । पोष्टरले सौगातको द्धन्द्धान्तमक अवस्थाको चित्रण गर्छ । चलचित्रमा सौगातको गेटअपले उत्सुकता अझै बढाएको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा समीर र सौगातको साथमा ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त वुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय छ । चलचित्रमा पवन ब्राडफोर्ड विष्टको लगानी छ । चलचित्रका कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो चलचित्र दशैंको फुलपातीबाट प्रदर्शनमा आउदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *