रेबेल फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र साउनको १६ गतेबाट रिलिजमा आउने पक्का भएको हो।
विभोर पोखरेलको निर्देशनमा तयार भएको यो चलचित्रमा गगनलाल प्रधानको लगानी छ । चलचित्रले वैदेशिक रोजगारीका लागि विदेसिने नेपाली युवाहरुको सपनाको कथा भन्छ ।
चलचित्रमा प्रमोद चौलागाई, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रविन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरुको अभिनय छ ।
प्रदीप भारद्धाजको लेख्न रहेको यो चलचित्रमा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी, रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्जव केसीको संगीत रहेको छ। चलचित्रको छायांकन भारतको राजस्थान, नेपालको चितवन, काठमाडौं र लेटाङमा गरिएको छ ।