फिल्म ‘जदौ’मा साम्राज्ञी अनुबन्धित

२१ जेठ २०८२ ९:३९

सामाजीक प्रेमकथानक चलचित्र ‘जदौ’को प्रमुख भूमिकामा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन । उनलाई निर्माणपक्षले यो चलचित्रको लागि मंगलबार अनुबन्धित भएको जनाएको हो।

सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने यो चलचित्रको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ ।

नयाँ बर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित बैशाख १ गते घोषणा गरिएको यो चलचित्रको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । भदौबाट सुटिङ सुरु गरिने `जदौ´ श्याम तामाङ्गले खिच्ने छ्न । बुद्धि माझी निर्माण ब्यबस्थापन रहेको चलचित्रको गीतमा बाबुल गिरीको सङ्गित छ ।

यो चलचित्रको सहनिर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ्ग छ्न । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताएका छन । चलचित्र २०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *