महंगो रकममा कृषाले साइन् गरिन् नयाँ फिल्म

२० जेठ २०८२ १०:०६

निर्देशक कृषा चौलागाईंले जापानमा महंगो रकममा चलचित्र साइन् गरेकी छिन् । एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाईंले नयाँ चलचित्र साइन गरेकी हुन्।

निर्देशक कृषाले नेपाल, जापान र फिलिपिन्सका कलाकारहरूले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी हुन्। यो चलचित्रलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ ।

यो चलचित्रमा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर चलचित्र वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा चलचित्र निर्माण गर्नेछ ।

चलचित्र ‘पिताम्बर’ निर्देशन गरेर चर्चा कमाएकी कृषाले यो चलचित्रमाआफूलाई आँटिलो निर्देशकको रुपमा पुष्टि गरिन् । जसका कारण, कृषाको चर्चा चुलिएको हो । घर बाहिरका चलचित्रबाट पनि निरन्तर अफर आइरहेको समयमा यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईँ र निर्देशक कृषा चौलागाइँविच कागजी संझौता भएको हो ।

भदौबाट छायांकन सुरु हुने चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ । चलचित्रको नाम, कलाकारहरूको बारेमा छिट्टै जानकारी दिने निर्माणपक्षले बताएको छ ।

बुझिएअनुसार, निर्देशक कृषा चौलागाईंले महँगो रकममा यो चलचित्र साइन गरेकी हुन्। चलचित्रको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *