‘ब्रम्हास्त्र’ले बम्पर सुरुवात गर्ने संकेत, भारतमा आक्रामक बुकिङ

२० भदौ २०७९ ३:४७

बलिउड निरन्तर असफल छ । कार्तिक आर्यन अभिनित ‘भूल भूलैयाँ २’ पछि बक्स अफिसमा ओपनिङ समेत गतिलो हुन सकेको छैन । तर, शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ब्रम्हास्त्र’ले भने गतिलो सुरुवात गर्ने संकेत मिलेको छ ।

यो चलचित्रको बुकिङ खुलेको ३ दिन भयो । ३ दिनमै ६५ हजार भन्दा बढी टिकट बुकिङ भैसकेको छ । अझ, बिहिबार १ लाख भन्दा बढी टिकट विक्री हुने भएकाले पनि यो चलचित्रको ओपनिङ २५ करोड भन्दा माथिको हुने अपेक्षा गरिएको छ ।

आयन मुखर्जीको निर्देशनमा बनेको एउटा महत्वकांक्षी प्रोजेक्टले बलिउडलाई राहत दिने संभावना छ । चलचित्रमा रणवीर कपुर, आलिया भट्ट, अभिताभ बच्चन, नागार्जुन लगायतको अभिनय छ ।

रणवीरकै यसअघि रिलिज चलचित्र ‘शम्शेरा’ बक्स अफिसमा असफल भएको थियो । तर, यो चलचित्रले भने केही आशा जगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *