‘सम्हालिन्छ कहिले मन’को ‘मेरो मन मुटु भरि’ सार्वजनिक

१९ भदौ २०७९ ८:३०

शुक्रबारदेखि रिलिजमा आएको नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा समावेश ‘मेरो मन मुटु भरि’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । चलचित्र रिलिज भएको २ दिनपछि यो चलचित्रमा समावेश अर्को कर्णप्रिय गीत सार्वजनिक गरिएको छ ।

यो गीतमा चलचित्रका नायक समेत रहेका गायक सोनम तोप्देन र गायिका दीपा लामाको स्वर छ । गीतमा आनन्द अधिकारीको शब्द, ताराप्रकाश लिम्बुको संगीत छ । यो गीतको अडियो उत्कृष्ट छ । भिडियोमा सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रको यो गीतमा मुख्य कलाकारहरु नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनको प्रेमभाव देखाइएको छ । यो गीतले आगामी दिनमा चलचित्रको व्यापारमा मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।

चलचित्रमा अर्जुन जीसीको सम्पादन छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । अमित बस्नेत, अजित थापा, परि रानाको लगानी रहेको चलचित्रमा सनिष खकुरेल, अंकित गौतम, अजित पल सिंह कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रले शुक्रबार र शनिबार सुखद सुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *