‘के घर के डेरा : घर नं २’को बुकिङ खुला

२ जेठ २०८२ ६:०५

जेठ २ गते अर्थात भोलिदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला भएको छ । चलचित्रको मंगलबार साँझदेखि बुकिङ खुला गरिएको हो । अग्रिम बुकिङ चलचित्रले उच्च शो पाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो पाएको छ । काठमाडौं उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका आउटलेटमा ४७ शो पाएको छ । आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो दिएको छ । वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो र एफक्यूबले चार शो उपलब्ध गराएको छ ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रले आक्रामक ब्यापार गर्ने निर्माणपक्षको विश्वास छ ।चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

यो चलचित्रमा कृष्णबहादुर थापाको छायांकन, कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।यो चलचित्रले घर र डेराको कथा भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *