बोर्डले दुई साताभित्र ‘रियल टाइम डेटा’ सञ्चालनमा ल्याउने

२६ वैशाख २०८२ ८:१४

नेपाल चलचित्र विकास बोर्डले दुई साताभित्र बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । बिहीबार प्रणालीको सफलतापूर्वक परीक्षण गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीले बताए।

डिसीले यसअघि वैशाखको अन्तिमसाता भित्र ‘रियल टाइम डेटा’ सञ्चालनमा ल्याउने बताएका थिए। तर, उनका अनुसार अब दुइ साताभित्रमा राख्ने बताए।

बक्सअफिस डेटा सरकारी प्रतिनिधि, चलचित्र निर्माता र वितरक मात्र हेर्न पाउनेछन् । यो प्रणालीमा हलबाट टिकट बिक्री भएको ५ मिनेटभित्रै केन्द्रीय सर्भरमा डेटा भण्डारण हुनेछ । बोर्डले अहिले बोर्डबाट उपलब्ध हुने विभिन्न काम पनि अनलाइन माध्यमबाट लिन सकिने बनाउन लागेको छ ।

सेवाग्राहीले बोर्डको वेबसाइटमार्फत सेवा लिन सक्नेछन् । यो अनलाईनसेवा सुरु भएपछि कसैले पनि बोर्ड धाउनु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *