एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित ‘नरसिंहाः अवतार’को ट्रेलर

२६ वैशाख २०८२ ६:२९

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको महानायक राजेश हमालको कमब्याक चलचित्र‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंको सिभिल मलमा आयोजित कार्यक्रमका बिच यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्रको सार्वजनिक ट्रेलरमा एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित छ। ट्रेलरमा राजेश हमाल र राज कटुवालको एक्सन छ । जसलाई दर्शकले निकै रुचाउने अपेक्षा गर्न सकिन्छ । साथै, पारिवारिक कथाले मन छुने पक्का छ ।

यो चलचित्र जेठको ९ गतेबाट रिलिजमा आउन लागेको हो। यो चलचित्रले बक्स अफिसमा धमकेदार ओपनिङ गर्ने अपेक्षा समेत गरिएको छ ।

चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको यो चलचित्रको ट्रेलरले युट्युबमा हंगामा मच्चाइसकेको छ । सार्वजनिक भएको १५ मिनेटमै यो चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङमा परिसकेको छ । दर्शकहरुले यो चलचित्रलाई व्यग्र रुपमा प्रतिक्षा गरेको यसबाट पनि स्पष्ट हुन्छ ।

करण सिंह प्रोडक्सन म्यानेजर रहेको यो चलचित्रमा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारी एसोसियट निर्देशक र नेम महर्जनको लगानी छ । साथै, चलचित्रका निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् ।

चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *