माइकल चन्दको ‘राम नाम सत्य’मा सुशील फाइनल

२५ वैशाख २०८२ ९:१२

निर्देशक माइकल चन्दको निर्देशन रहने चलचित्र ‘राम नाम सत्य’मा नायक सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। यो चलचित्रको प्रमुख भूमिकामा सुशील अनुबन्धित भएका हुन्।

यस अगाडि यो चलचित्रमा नायक विराज भट्ट फाइनल भइसकेका छन् । चलचित्रमा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन । विराजपछि चलचित्रमा निर्माणपक्षले सुशीललाई फाइनल गरेको हो। सुशीलसँग निर्माणपक्षले बुधवार कागजी संझौता गरेको हो ।

यो चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम चलिरहेको छ । अहिले धमाधम कलाकारहरू अनुबन्धित गर्ने काम चलिरहेको यो चलचित्रको स्क्रिप्ट फाइनल भइसकेको छ ।

एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’मा सुशीलको रोमान्स र एक्सन हेर्न सकिनेछ । चलचित्रका लागि अब नायिका र केही कलाकारहरू फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी र कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । चलचित्रको छायांकन केही महिनामै गर्ने तयारी निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *