अजय देवगनको ‘रेड २’ ले पछि पारयो ‘हिटः३’ र ‘रेट्रो’ लाई

२१ वैशाख २०८२ ५:३४

अजय देवगन, रितेश देशमुख र वाणी कपूर स्टारर फिल्म ‘रेड २’ ले सप्ताहन्तमा उत्कृष्ट कलेक्सन गरेको छ।  ‘रेड २’ ले तेस्रो दिन ओपनिङ दिन जत्तिकै कमाइ गरेको छ । फिल्मले ३ दिनमै करिब ५० करोड कलेक्सन गरेको छ ।

उता,  ‘रेड २’ सँगसँगै रिलिज भएका पान इन्डिया फिल्म ‘हिट ३ः द थर्ड केस’ र ‘रेट्रो’ को सङ्कलन कम भएको छ। सुर्याको ‘रेट्रो’ले सप्ताहन्तमा पनि फाइदा उठाउन सकेको छैन भने तेस्रो दिन त सिंगल अंकमा मात्रै कमाई गरयो । योसँगै ‘हिट ३’ ले तीन दिनमा ४० करोडभन्दा बढी कलेक्सन गरेको छ । समग्रमा अजयले बक्स अफिसको वास्तविक ‘सिंघम’ आफू नै भएको प्रमाणित गरेका छन् ।

सैकनिल्कको रिपोर्ट अनुसार अजय देवगनको ‘रेड २’ ले तेस्रो दिन १८ करोड भारुको अनुमानित कलेक्सन गरेको छ। फिल्मले दोस्रो दिन १२ करोड र ओपनिङ दिन १९ करोड २५ लाख कमाएको थियो । फिल्मले भारतमा तीन दिनमा ४९.२५ करोड कमाएको छ ।  ‘रेड २’ सन् २०१८ को सुपरहिट फिल्म ‘रेड’को सिक्वेल हो। दुवै चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् ।

साथै, यो सँगै सूर्या र पूजा हेगडे अभिनित चलचित्र ‘रेट्रो’ को तेस्रो दिनको कमाई पनि निकै कम भएको छ । पहिलो दिन फिल्मले राम्रो कलेक्सन गरे पनि दोस्रो र तेस्रो दिन दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेको छैन । पहिलो दिन १९.२५ करोड कमाएको फिल्मले दोस्रो दिन ७.७५ करोड र तेस्रो दिन पनि ७.७५ करोड कमाउन सफल भएको छ । यो प्यान इन्डिया फिल्मले तेस्रो दिनसम्ममा ३४.७५ करोड कमाएको छ ।

उता, नानी, आदिवी शेष र श्रीनिधि शेट्टी स्टारर फिल्म ‘हिट ३ः द थर्ड केस’को बक्स अफिस कलेक्शन सूर्याको ‘रेट्रो’ भन्दा राम्रो थियो। रिपोर्टका अनुसार ‘हिट ३’ ले उद्घाटन दिन २१ करोड कमाएको थियो, जुन ‘रेड २’ भन्दा बढी हो । दोस्रो दिन फिल्मको कलेक्सन घट्यो र १०.५ करोड कमाएको थियो । फिल्मले तेस्रो दिन १०.२५ करोड रुपैयाँ कमाएको अनुमान गरिएको छ । फिल्मले ३ दिनमा ४१.७५ करोड कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *