‘यो मन त मेरो नेपाली हो’को गीत ‘हेर लौ नेपाल आमाको’ सार्वजनिक
२१ वैशाख २०८२ ५:१०
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधानको निर्देशनमा तयार भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को दोस्रो गीत सार्वजनिक भएको छ । खैजडी गीत ‘हेर लौ नेपाल आमाको’मा नेपालको इतिहासदेखि वर्तमानसम्मको बयान गरिएको छ ।
सार्वजनिक यो गीतमा अनिश अधिकारीको स्वर तथा शब्द रहेको छ भने भिडियोमा मुख्य कलाकारहरू रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुषा समाल, बिजिता बर्देवा, देवराज राजवन्शी र अनिश अधिकारी फिचर्ड छन् । यो गीतको भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी छ ।
असारको २७ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रमा ज्ञान बहादुर प्रधानको लगानी छ । नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँग नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गरेको यो चलचित्रको कथा शिवम् अधिकारीको हो। चलचित्रमा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको एक्सन, समीर मियाको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी छ ।