परिच्छेद सेनको लेखन तथा निर्देशन रहने चलचित्र ‘महाराजधिराज’मा कलाकारहरूको लाइनअप बलियो हुँदै गएको छ। यसअघि पल शाह र रमेश उप्रेती अनुबन्ध भएको यो चलचित्रमा यतिबेला नायक आर्यन सिग्देलले पनि इन्ट्री मारेका छन् ।
यो चलचित्रको मुख्य मध्येको एक भूमिकामा निर्माणपक्षले आइतबार आर्यन सिग्देललाई अनुबन्धित गरेको हो। आर्यन, रमेश र पलको अनुबन्धले चलचित्रको लाइनअप बलियो हुँदै गएको छ । लाइनअप बलियो हुँदै जाँदा यो चलचित्रप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।
आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै यो चलचित्रमा आफ्नालागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए। यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।
फूलपातीमा प्रदर्शन हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । यो चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।