दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक गरेको यो गीतमा रिकेश गुरुङको स्वर, राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत रहेको छ ।
प्रेम जोडीको कथा बोल्ने लिरिकल गीतको भिडियोमा खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतको भिडियोमा प्रेमी र प्रेमिकाको आँखामा एकअर्काप्रति प्रेम देख्न सकिन्छ। च
सोसल ड्रामा जनारामा निर्माण भएको यो चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् । यो उनको पहिलो चलचित्र हो । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा कृष्णबहादुर थापाको छायांकन, नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको निर्माण र कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।